Advertisements

Thursday, December 30, 2010

// // Leave a Comment

Number System Conversion Tool

Hey All,


Here is a useful tool to convert all number systems to decimal and decimal to Other Number System.

Have a look at this, this will convert and also explain that hot does this be.



Thanks for time.

Please provide feedback about this application.
Read More

Saturday, November 13, 2010

// // Leave a Comment

कौन बड़ा

एक शराबी फुल टाईट होकर घर जा रहा था | 
रास्ते में मंदिर के बाहर पुजारी दिखा |

शराबी ने पुजारी से पुछा , सबसे बड़ा कौन ?

पुजारी ने पीछा छुड़ाने के लिए कहा "मंदिर बड़ा" |

शराबी बोला "मंदिर बड़ा तोह धरती पे कैसे खड़ा"?

पुजारी: "धरती बड़ी"

शराबी: "धरती बड़ी तोह शेषनाग पे क्यूँ खड़ी "?

पुजारी: शेषनाग बड़ा 

शराबी: "शेषनाग बड़ा तोह शिव के गले में क्यों पड़ा?

पुजारी: शिव बड़ाशराबी: शिव बड़ा तोह परबत पर क्यों खड़ा ?

पुजारी: परबत बड़ाशराबी: परबत बड़ा तोह हनुमान की ऊँगली पे क्यों पड़ा?

पुजारी: हनुमान बड़ा

शराबी: हनुमान बड़ा तोह राम की चरणों में क्यों पड़ा?

पुजारी: राम बड़ा

शराबी: राम बड़ा तोह रावण के पीछे क्यूँ पड़ा?

पुजारी : अरे मेरे बाप तू बता कौन बड़ा ?

शराबी: इस दुनिया में वोह बड़ा जो पूरी बोतल पीकर अपनी टांगो पे खड़ा !!!!!!!
Read More

Friday, November 5, 2010

// // Leave a Comment

Happy Diwali




Read More

Tuesday, October 12, 2010

// // Leave a Comment

एक सत्य

मलाई अझै सम्झना छ मेरो मृत्यु ६० बर्षको उमेरमा भएको थियो | मैले मेरो जीबनका एक तिहाई सुनौला दिनहरु बिद्यालय र कलेज मा बिताएको थिए | मैले ५ बर्षको उमेरदेखि बिद्यालय जान सुरु गरेको थिए | सुरु-सुरुमा पाटीमा खडी (चुनढुंगा) ले क.. ख.. लेखेर सुरु भएको मेरो शैक्षिक यात्रा २-३ बर्ष पछी कपि र सिसाकलममा पुग्यो | त्यसपछि केहि बर्षमा नै मेरो झोलामा ठुल्ठुला किताबहरु, कपिहरु र केहि कलम भए | जसै मा कक्षा दस मा पुगे मेरो झोलामा एउटा क्यालकुलेटर पनि थपियो | त्यसपछी कलेजका  दिन हरुमा ति किताब हरु घरमै बस्ने गर्थे किनकि तिनीहरु धेरै मेरो रगत चुस्दा-चुस्दै धेरै मोट भैसकेका थिए र तिनलाई बोक्ने ताकत म मा बाकी रहेको थिएन | एउटा कपि खल्तीमा हालेर कलेज क दिनहरु पनि बितेका थिए | यहि क्रम दस बर्षसम्म निरन्तर रुपले चलिरह्यो अथवा कलेजको रुपमा मेरो जीबनका अमुल्य दस बर्षहरु खर्चिएका थिए |
म २५ बर्षको हुदाको कुरा हो, म आफ्नो पढाई सकेर जागिरको दौडम सहभागी भएको थिए | त्यहाँ सबैले दौडमा इमान्दारिता नाघेर लिफ्ट लिए तर मलाई लिफ्ट दिने कोहि आएनन वा भनौ कि लिफ्ट लिने हरु मध्ये म परिन | हरेक पटक दौडेका दौडहरुमा मेरो सधै एउटी ताल हुन्थ्यो | जहाँ गए पनि सोर्स-फोर्स र पैसा भिडाउनुपर्ने खेलमा म मात्र सधै A B C D …..को Z  जस्तै वा भनौ क ख ….. को ज्ञ: झैँ पछी पर्नु पर्थ्यो | सुनौला युवावस्थाका दस वर्षहरु जागिर को दौडमा खर्चिएपछी अन्त्यमा मेरो सम्पूर्ण इमान्दारिता र लगन लै मध्यनजर गर्दै असफलताको अफिस मा सहभागी हैन सदस्य पनि हैन कि बरिष्ठ सदस्यको पदमा जागिर मिल्यो | जागिर सोचे भन्दापनि राम्रो नभई सजिलो पनि थियो | अफिस जानै नपर्ने, कुनै फाइल, झोला आदि बोक्नै नपर्ने, कोट, टाई-ड्रेस लगाउने नपर्ने, जहानेर जहासुकै जस्तोसुकै हालतमा पनि काम गर्न सकिने, हाकिमको गालि पनि खानु नपर्ने जागिर थियो मेरो } तलब लिने पनि महिनाको अन्त्यमा जानुपर्दैनथ्यो, काम गर, तलब लेउ अरु चाहिए अरु लेउ | एस्तो अफिसको बरिष्ठ कर्मचारी मा नै भएकोले होला सबैभन्दा बढी तलब मेरोंई थियो तर पनि मलाई कसैले चोर्लान भन्ने डर रत्तिभर पनि थिएन तर चोरी दिए हुन्थ्यो भन्ने इछ्या चाही थोयो | तर जन्मैदेखि पुरा नहुने मेरा इछ्या कसले पुरा गर्थे र ? यसको मुख्यकारण मेरो देशको, मेरो गाउको अवस्था, गरिबी र अशान्ति होला भन्ने मेरो ठम्याई छ | धेरै बर्ष पहिले मेरो देश शान्तिको लागि र मेरा दाजुभाई बिरता, साहसिपन र इमान्दारिताका लागि विश्वमै कहलिएका थिए | तर बिस्तारै शान्ति अन्तर्ध्यान भएझै मेरा दाजुभाइहरु पनि भ्रस्ट र दुस्ट भैसकेका रहेछन |
मेरो उमेरमा लगभग ४० पुग्न आटेको थियो, एकाएक मेरो दिमागमा एउटा विचार आयो र केहि नभए पनि आफु भएको प्रमाणित गर्न को लागि बिहे गर्ने सोच मनमा आयो | जीबनको पुर्बार्ध मा नै भएपनि मैले घरजम गरे | बिहे गरेर घरमा खेति गरेर बस्न थाले | बिस्तारै केहि बर्षमा छोराछोरी पनि भए | तिनीहरुलाई पनि मेरो उत्तराधिकारी बनाउनुथियो किनकि मलाई मेरो देशको मौलिक संस्कृति लोप होला कि भन्ने ठुलो पिर थियो, मेरो जागिर कसले खाला भन्ने पिर थियो | त्यसैले मैले भन्दा मेरा सन्तानले १-२ बर्ष अघिनै बिहे गर्नपाउलान भन्ने आसमा मैले उनीहरुलाई ३ बर्षकै उमेरमा पढ्न भनि बिद्यालयमा भर्ना गरिदिए | तर जमाना बद्लिसकेछ, मैले २० बर्ष लाएर आर्जन गरेको शिक्षा मेरा छोराछोरीले १२ बर्षमै पुरा गरे | यसैबीचमा मलाई भोजको निम्तो आयो, निम्तापत्रमा प्रेषक को नाम हेर्दा चित्रगुप्त भनेर लेखिएको थियो | मैले एकछिन सोचेर विचार गरेकि सायद चित्रप्रसाद गुप्ता भन्ने साथीको होला प्रेसवालाले गलत छापिदियो क्यारे | एकपल्ट फोन गरेर पक्का बुझिहालु भन्ने मनसायले गुप्तज्यु कहाँ फोन गर्दा अफुकहा कुनै भोज नभएको स्पस्ट पारे | यो कार्ड प्रेषित गर्ने चित्रगुप्त को रहेछन भनि विचार गरिरहेकै बेला चित्रगुप्तले मलाई लिन भनेर मानिस पनि पठाइसकेका रहेछन | घरमै बोलाउन आएपछि त जानैपरयो, जब तिनीहरुले मलाई कुनै अज्ञात ठाउमा पुगाये मलाई सिगरेट पिउन मन लग्यो र तिनिहरू लाई एकैछिन पर्खिन भनेर मा नजिकैको पान पसलमा गए | मैले जिबन् भरी धुम्रपान कहिल्यै गरिन, मेरो मनसाय त्यो ठाउको ठेगाने हेर्नु थियो, जसै मैले त्यो पनको पसलको ठेगाना पढ्दा-पढ्दै अन्त्यमा रहेको यमलोक मा पुगे, अनि मात्र बल्ल मेरो दिमागमा घुस्यो कि कुन्चाही चित्रगुप्त ले मलाई बोलाएको रहेछ, तर थाहा पाउनासाथ मेरो होसहवास उड्यो तर पनि मलाई कुनै पश्चाताप थिएन |
भोलिपल्ट तिनै मानिसहरुले ‘तैले जीबनमा पाप पनि नगरेको र गल्ति पनि नगरेको तर तेरो देशको कोटा यहीको लागि मात्र भएकोले हामीले यमलोकमा ल्याएका हौ  र तलाइ हामी हाम्रा राजा संग भेट गराइदिन्छौ’ भनेर कहिँ लगेर गए | पाच मानिस भन्दा ठुलो जिउ भएको राजासंग परिचय गराउदा मैले “Hello King !” भनेर हात मिलाउन खोज्दा ति राजाले मलाई एउटा मुन्ग्रो जस्तो लौरोले हिर्काएका थिए | पछी मलाई लिएर आएका मानिसजस्तै देखिने यमदुत हरुले बताए कि मैले राजालाई प्रणाम नगरी राजाको अपमान गरेकोले राजाले मलाई राजदण्ड ले हिर्काएका थिए |
मैले मृत्यु हुनुभन्दा पहिले कसैको पनि चाकडी नगरेकोले, त्यस महाराजको चाकडी गरे फिर्ता जान पाइन्छकी भन्ने आसमा मैले महाराजको चाकडी गर्न लागेको थिए | ति महाराज केहि अंग्रेजी र केहि गणित सिकाइदिएको थिए | त्यसपछि ति महाराजले खुसि भएर मलाई त्यहिँ धर्तीमा फिर्ता पठाउनु भएको थियो |
म जन्मिदा खेरि भूकम्प गएको थियो रे, मैले मेरो आमा तथा साथीभाईबाट सुनेको | मा हेर्नमा पनि सुन्दर ह्रिस्टपुष्ट र सफा थिए भनेर मा भन्दा केहि बर्ष जेठा दाई दिदीहरुले भनेको सुन्दा मलाई अझै पनि गर्ब लाग्छ | मेरो जन्म ठुलै परिवारमा भएको थियो जुन सम्मानित र धनि परिवार थियो | मैले बोल्न सुरु गर्दखेरिनै अंग्रेजीमा बोल्न सुरु गरे | जब मेरो उमेर दुइ वर्षको थियो म कम्प्युटर संग खेल्न थालिसकेको थिए | लगभग ५ वर्ष को हुदखेरी मैले कम्प्युटर सम्बन्धि सम्पूर्ण ज्ञानहरु हासिल गरिसकेको थिए | त्यसपछि म बिद्यालय जानथाले , तीन वर्षमा नै मैले मेरो स्कुलको पढाई पुरा भैसकेको थियो | ४ वर्ष मैले एउटा प्राबिधिक कोर्स गर्नमा खर्चिए | मेरो उमेर १६ बर्षको हुदाखेरि मेरो सम्पूर्ण पढाई सकीसकेको थियो | मैले फेरी दुइ बर्ष बिध्याबारिधि गर्नमा खर्चिए | मेरो बिध्याबारिधि पुरा भैसक्दाखेरी मसंग जागिरको लागि थुप्रै प्रस्ताबहरुको घुइचो लागिरहेको थियो | मैले जागिर पनि छानीछानी खानुपर्ने भयो |
यसो हुनुको कारण यस ठाउको, यस देशको अवस्था र यस देशको राजनैतिक स्थिरता हो भन्ने कुरामा मलाई शंका छैन | मेरो पहिलेको जन्मको देशको र यस देशको बिचमा धेरै भिन्नता छन्, धेरै बिभिदता छन् | जसकारण मेरो पुर्बजन्ममा मैले त्यत्रो असफलता भोग्नुपरयो |
अहिले यहि कुरा गरिसक्दा मलाई एउटा अरु कुरा पनि याद आयो, भान्छामा मैले दुध उम्लिन राखेको थिए त्यो पोखिएछ | हस पहिले यी माथिका कुराहरु बुझ्न प्रयास गर्नुस म त्यतिन्जेल अलिकति आफ्नो कामतिर लाग्छु | फेरी भेटौला नि ……….
Read More